भारतमा पहिलो चरणको लोकसभा निर्वाचन सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

भारतमा पहिलो चरणको लोकसभा निर्वाचन सुरु

lok sabha election

एजेन्सी, २८ चैत । भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत आज १८ राज्य र दुई केन्द्र शासित प्रदेशहरुमा ९१ सिटका लागि निर्वाचन भइरहेको छ ।

मतदानका लागि बिहानैदेखि मतदाताहरु मतदान गर्न मतदान केन्द्र पुगेका भारतीय संचारमाध्यमहरुले जनाएका छन । निर्वाचनमा ९१ सिटका लागि १ हजार २ सय ७९ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरिरहेका छन । आजको निर्वाचनमा सहभागी हुने १४ करोड २० लाख ५४ हजार ९ सय ७८ जनाले मतदाताका लागि १ करोड ७० लाख मतदान केन्द्र स्थापना गरिएको जनाइएको छ ।

९१ सिटमध्ये ३३ सिटहरुमा भारतीय जनता पार्टी र भारतीय कांग्रेसको सिधै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ भने अन्य सिटहरुमा स्थानीय दलहरुबीच भाजपा र कांग्रेसले प्रतिस्पर्धा गर्नुपर्नेछ । सातचरणमा हुने निर्वाचन मे १९ मा समाप्त हुनेछ । निर्वाचन शुरु भएसंगै प्रधानमन्त्री नरेन्द्र मोदीको अग्निपरीक्षा सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);