ओली - नेपाल तानातान: एकतामा गाँठाे | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

ओली – नेपाल तानातान: एकतामा गाँठाे

oli-nepal

काठमाडौं, २६ चैत । पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनाैपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ ।

जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका ओली र नेपाल समूहबीच विवाद चर्केको हो । दुवै अध्यक्षले दिनहुँ कुराकानी गरिरहे पनि सहमति जुट्न सकेको छैन । नेपाल समूहले प्रस्तावित नाम जस्ताको तस्तै अनुमोदन गर्न खोजिए समानान्तर कमिटी बनाउनेसम्मको चेतावानी दिएपछि अध्यक्ष ओली र दाहाल झस्किएका छन् । यो समाचार कान्तिपुरमा लेखेको छ ।