काठमाडौं, १९ चैत । आइतबार साँझ बारा र पर्सा जिल्लामा गएको विनासकारी हावाहुरीले ठुलो बबन्डर मच्चाएको छ । दुई जिल्लामा ठुलो मानवीय क्षति भएको छ । संगै आर्थिक क्षतिको हिसाब गर्ने हो भने निकै ठूलो असर भएको प्रारम्भिक आंकलन गर्न सकिन्छ । क्षतिको पूर्ण विवरण अझै आइपुगेको छैन र हावाहुरीबाट मानवीय क्षति अझै बढ्ने संकेत देखिएको छ । एउटा हावाहुरी आउँदा पनि यति धेरै मानवीय र आर्थिक क्षति ब्योहोर्नु पर्ने अवस्था किन बनेको छ ? अर्को प्रसङ्गमा सरकारले भर्खरै भव्यताका साथ लगानी सम्मेलन सम्पन्न गरेको छ । र त्यहाँ लगानीको लागि स्वदेशी र बिदेशी लगानीकर्ताहरुको लागि सरकारले सार्बजनिक रुपमै आह्वान गरेको छ । यस्तो बेलामा एउटा आधीले यति क्षति पुर्याउछ भने लगानी सम्मेलन मार्फत लगानीको सुरक्षा भौतिक र कानुनी रुपमा कति गर्न सक्छौ ? भन्ने प्रश्न उठेको छ । लगानी सम्मेलनले नेपाललाई कति फाईदा भयो ? अमेरिकाले किन लगानी सम्मेलन बहिष्कार गर्यो ? स्वदेशी लगानीकर्ताले कति स्थान पाए ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले अर्थ विश्लेषक डा. अच्युत वाग्लेसंग गरेको कुराकानी हेर्नुहोस् :




