छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न सरकारलाई मिलेर काम गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न सरकारलाई मिलेर काम गर्न आग्रह

Rastriya-manab-adhikar-aayog

काठमाडौं, ८ चैत । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ ।

शुक्रबार ललितपुरमा ‘छाउपडीसम्बन्धि राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले यस्तो बताएका हुन् । उनले जन चेतनाको माध्यमबाट छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न सरकारले विशेष कार्यक्रम नै संचालन गर्नुपर्ने पर्ने समेत बताए ।

अध्यक्ष शर्माले छाउपडी जस्ता कुप्रथाको अन्त्यका लागि सरकारले चासो दिएर अभियान संचालन गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले सो कुप्रथा अन्त्यका लागि पीडित पक्षलाई पनि जागरुक बन्न सचेत गराएका थिए ।