संघीयता र गणतन्त्रको विरोधमा अभिव्यक्ति नदिएको शशांकको स्पष्टोक्टि | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

संघीयता र गणतन्त्रको विरोधमा अभिव्यक्ति नदिएको शशांकको स्पष्टोक्टि

चितवन, ७ चैत । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रको विरोधमा आफूले कुनै पनि अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् । महामन्त्री कोइरालाले संघीयता र गणतन्त्र राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको संस्थागत विकास गर्नुपर्ने कुरामा आफ्नो जोड रहेको उनले बताए ।

बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा संचारकर्मीमाझ जनताले चाहे गणतन्त्र र संघीयताका विषयमा जनमत संग्रहमा जान काँग्रेस तयार रहेको अभिव्यक्ति दिएर विवादमा परेका महामन्त्री कोइरालाले बिहीबार चितवनको भरतपुरमा बोली फेरेका हुन् ।

उनले हिन्दु राज्य स्थापनाका लागि भने सरकारलाई दवाव दिन जनतालाई पुनः अपिल गरे । फरक प्रसंगमा महामन्त्री कोइरालाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल संवाद गर्न पनि सरकारलाई अपिल गरे । चन्द नेतृत्वको नेकपालाई वार्ताको टेवुलमा ल्याएर समस्या समाधान गर्नुको साटो धरपक्कड गरेर सरकारले गल्ती गरिरहेको महामन्त्री कोइरालाको भनाई छ ।