काठमाडौं, ४ चैत । सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
सोमवार उद्योग बाणिज्य संघ ललितपुरले गरेको एक कार्यक्रममा सभामुख महराले राजनीतिक अस्थिरता जन्माउने खालका गतिविधि भईरहेकोमा चिन्ता व्यक्त गर्दै मुलुकको समृद्धिमा केन्द्रित हुने गरी राजनीतिक सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरेका हुन् । उनले निजी क्षेत्र मैत्री हुने गरी कानुन निर्माण गर्ने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सभामुख महराले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको पनि गम्भिर गराए । निजी क्षेत्रले पनि लगानी मैत्री वातावरण निर्माण हुने गरी कानुन बनाउन सरकारसँग छलफल गरेरै अघि बढनुपर्ने सभामुख महराको भनाई छ ।
उनले सरकारले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थमन्त्र निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि उल्लेख गरेका छन् ।