फेसबुकमार्फत ३४ जनालाई ठग्ने युवती पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमाडौँ, १६ भदौ । विदेशी गिरोहसंग मिनी दर्जनौ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छिन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।

 

शेपालगायत ब्यक्तिले विदेशबाट महंगो पार्सल पठाएको भन्दै पोष्ट गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिनेभन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआईबीकी एसपी मीरा चौधरीले बताईन्।

 

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरी जनाएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।