काठमाडौँ, १० फागुन । चिसो बढे सँगै विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । विशेषगरी, नाक,कान, घाटीमा चिसोबाट समस्या देखिने गर्छ । यि तीन नै एक-अर्का सँग जोडिएका अंगहरु हुन् । यि तीन ओटा मध्ये एउटा पनि समस्या देखियो भने अर्कोमा असर देखिने गर्छ । रुघाखोकि लाग्यो, टन्सिल बढ्यो भने घाटी, कानका साथै नाकका पनि समस्या हुन्छ ।
चिसोले नाक-कान र घाटीलाई जोड्ने नली बन्द हुने सम्भावना बढि हुन्छ । त्यसमा पानी जम्ने समस्या हुने हुदा नली नै सुन्निने समस्या हुन सक्छ । त्यस्तै नाकको संक्रमण हुदा नाकमा गएर पनि संक्रमण हुन सक्छ ।
चिसो मौसममा चिसोबाट लाग्ने रोगको लक्षण, कारणहरु र बच्ने उपाय के के हुन् ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले इएनटी विशेषज्ञ डाक्टर चन्दन वरुणवाल संग गरेकाे भिडियाे हेर्नुहोस्: