पाकिस्तानबाट आयत सामग्रीमा भारतले बनायो दुई सय प्रतिशत कर | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

पाकिस्तानबाट आयत सामग्रीमा भारतले बनायो दुई सय प्रतिशत कर

arun jetli

काठमाडौं, ५ फागुन । भारतले पाकिस्तानबाट आयत हुने सामग्रीमा लाग्दै आएको आयत शूल्क दुई सय प्रतिशत बनाएको छ । भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा विहिवार राती भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारत र पाकिस्तानका सम्बन्धमा थप दरार आएको छ ।

भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा विहिवार राती चरमपन्थी आक्रमणमा परी भारतीय सेनाका ४६ जवानको मृत्यु भएपछि भारत पाकिस्तान सम्वन्धले नयाँ मोड लिएको छ । भारतले पाकिस्तानबाट आयात हुने सामानको भन्सार दर बढाएर दुई सय प्रतिशत पु¥याएको छ ।

यस्तो व्यवस्थाले पाकिस्तानवाट भारत आयात हुने सामानको मूल्यवृद्धि हुनेछ । जसका कारण पाकिस्तानी सामाग्रीले भारतीय वजार पाउन मुस्किल हुनेछ । भारतले आक्रमणमा पाकिस्तानको सीधा संलग्नता रहेको आरोप लगाएको छ । पाकिस्तानले इस्लामावाद स्थित भारतीय कुटनीतिज्ञलाई बोलाएर भारतले लगाएको आरोप निराधार रहेको भन्दै विरोध पत्र वुझाएको छ ।

घटना लगत्तै पाकिस्तानलाई मोस्ट फेवर्ड नेशन्सको दर्जाबाट हटाएको भारतले शनिबार पाकिस्तानबाट आयत हुने सामानमा लाग्दै आएको कर तत्काल लागु हुने गरी दुई सय प्रतिशत बनाउने निर्णय गरेको हो । वित्त मन्त्री अरुण जेट्लीले तत्काल लागु हुने गरी पाकिस्तानबाट भारत आयत हुने सबै सामानमा लाग्दै आएको कर बढाउने निर्णय भएको जानकारी दिएका हुन् ।