न्यूयोर्क, १५ भदौ । हार्भी नाकम समुद्री आँधीहुरीसहितको भीषण बर्षाका कारण टेक्सासको ग्रेटर ह्युस्टन क्षेत्रमा १५ नेपाली परिवार विस्थापित भएका छन् । शुक्रबार रातिदेखि जारी आँधीहुरीले १५ परिवारका करिब पाँच दर्जन सदस्यलाई सुरक्षित स्थलमा सारिएको छ।
विस्थापित हुनेमा नेपाली समाजका अध्यक्ष ज्योति घिमिरे समेत छन् । नेपाली समुदायले निर्माण गरेको पशुपनिताथ मन्दिर पनि प्रभावित भएको छ । ग्रेटर ह्युस्टन क्षेत्रमा करिब १५ हजार नेपाली बसोबास गर्ने बताइन्छ। हार्भीका कारण दक्षिणपूर्वी अमेरिकामा ३० जनाको मृत्यु भइसकेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।




