१२ सय कर्मचारी कानुनविपरीत काजमा, सरुवाका लागि मरिहत्ते गर्ने मन्त्रालयको गुनासो | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

काठमाडौँ,  १६ भदौ । सरकारले निजामति सेवा उैनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाउँदै आएको छ। विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज पठाउने कानुनी व्यवस्था छ।

 

तर कानुनी प्रावधानलाई मिच्दै कर्मचारीको फाइदाअनुकुल हुने गरी काजमा खटाउने प्रवित्रि बढेको छ । यो प्रवित्तिका कारण सेवाप्रवाह कमजोर भएको र कर्मचारी स्वार्थमा रमाउन थालेको आरोप कर्मचारीतन्त्रमाथि लाग्दै आएको छ।

 

सामान्य प्रशासन मन्त्रालयकाअनुसार अतिरिक्त लाभ हुने आकर्षक निकाय, पढाइ, लेखाइ र अन्य बाहिरी कामलाई सहज पुग्ने कार्यालयमै जानकै लागि कर्मचारी काज सरुवाका लागि मरिहत्ते गर्छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

ताजा समाचार