काजमा निर्वाचन आयोग काज जान कर्मचारीहरुको मरिहत्ते | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

काजमा निर्वाचन आयोग काज जान कर्मचारीहरुको मरिहत्ते

nirbachan aayog

काठमाडौं, १९ कार्तिक । निजामति कर्मचारीका लागि सरकारी अड्डामा सबैभन्दा आकर्षक ठाउँ निर्वाचन आयोग बन्न पुगेको छ। निर्वाचन आयोगमा काजमा काम गर्नका लागि भन्दै आउने कर्मचारीको चाप थेगिनसक्नु छ। स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यो वर्ष मुलुक निर्वाचनमय बनेको छ। यस्तो अवस्थालाई कर्मचारीले राम्रै सदुपयोग गरिरहेका छन्।

दुर्गम जिल्लामा निर्वाचनमा खटिनुभन्दा केन्द्रमै पनि त्यस्तो मौका पाइने भएकाले कर्मचारी आयोगमा काजमा जान मरिहत्ते गरिरहेका हुन् । निर्वाचन आयोगमा जम्मा १ सय ६७ जना कर्मचारीको दरवन्दी छ तर यसका अतिरिक्त ५० जना कर्मचारी काजमा काम गरिरहेका छन्।

काजमा काम गर्न पाउँ भन्दै आउने कर्मचारीको चाप थेग्न नसकेर आयोगले अहिले निवेदन लिन बन्द गरेको छ। काजमा खटिने निर्वाचन अधिकृत र कर्मचारीले १२१ प्रतिशत भत्ता प्राप्त गर्छन्। त्यस्तै, दैनिक खाना र खाजा खर्च भनेर अधिकृतस्तरकाले सात सय र कर्मचारीको हकमा पाँच सय रुपैयाँ थप रकम पाउँछन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट

ताजा समाचार