नेपालमा पनि विश्व क्यान्सर दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नेपालमा पनि विश्व क्यान्सर दिवस मनाइयो

काठमाडौं, २१ माघ । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । नसर्ने रोगबाट हुने मृत्यु मध्ये ६ जनामा १ जनाको क्यान्सरका कारण हुने गरेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

विश्व क्यान्सर दिवस मनाइरहँदा नेपालमा पनि क्यान्सरबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । यसरी मृत्यु हुनेमा पुरुषमा सबैभन्दा बढि फोक्सोको क्यान्सर र महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर देखिएको छ ।

बिरामीले खानपान र वातावरणीय प्रदुषणप्रति उचित ध्यान दिन नसक्दा नेपालमा बर्षेनि क्यान्सरका बिरामीको संख्या बढ्दै गएको छ । विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

प्रत्येक छजनामध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल जाने गरेकाले क्यान्सरबाट बच्न सम्भव नभएको चिकित्सकहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार जनसंख्याका आधारमा नेपालमा करिव ६५ हजार क्यान्सर रोगी रहेका छन् । विश्वभर नसर्ने रोगको संक्रमण बढिरहेकाले स्वास्थ संगठनले पनि यसको नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको बताएको छ।

ध्रुमपान र मध्यपानको प्रयोग निषेध गरेमा क्यान्सरको जोखिमबाट केही हदसम्म बच्न सकिन्छ । यतिमात्र नभइ चिल्लो खानेकुरा नखाने, दैनिक व्यायाम गर्ने गरेमा क्यान्सरको जोखिम कम गर्न सकिन्छ । यसको साथसाथै समयमा पहिचान हुन सके नेपालमै क्यान्सरको उपचार समेत सम्भव भएको चिकित्सको ठहर छ ।

खानपान र आफ्नो जीवनस्तरमा ध्यान पु-याउन सके मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);