बृहत स्वास्थ्य शिविरमा स्थानीयको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

बृहत स्वास्थ्य शिविरमा स्थानीयको भीड

उदयपुर, १८ माघ । उदयपुरको त्रियुगा नगरपालिका–७, चुहाडेमा आयोजित बृहत स्वास्थ्य शिविरमा स्थानीयहरुको भीड लागेको छ । विभिन्न संघ संस्थाहरुको आयोजनामा शुरु भएको शिविरमा पहिलो दिन शुक्रवार स्थानीयहरुको ठुलो सहभागिता देखिएको छ ।

शिविरबाट गरिब, बिपन्न लाभान्वित भएको प्रदेश–१ का सांसद हिमाल कार्कीले जानकारी दिए । सामान्य रोगको सल्यक्रिया समेत गर्ने गरी आयोजना गरिएको यो शिविरमा उपचार गर्न आउने बृद्धबृद्धाको संख्या उल्लख्य  रहेको छ । शिविर तीनदिन सम्म चल्ने आयोजकले जनाएको छ ।