वडामै पुगेर गर्भवतीको भिडियो एक्सरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वडामै पुगेर गर्भवतीको भिडियो एक्सरे

pregnent woman

सोलुखुम्बु, २८ पुस । सोलुदूधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। आधारभूत स्वास्थ्यसेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भन्दै नगरपालिकाले सुरु गरेको स्वास्थ्य शिविरमा गर्भवती ७५ महिलाको गर्भ जाँच गरिएको छ।

गत मंसिर २६ गते सुरु भएको शिविरमा ७ सय १० सर्वसाधारणले साधारण स्वास्थ्यसेवा पाएका छन्। ११ मध्ये ८ वडाका स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरबाट जम्मा ७ सय ८५ सर्वसाधारणले स्वास्थ्यसेवा पाएको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए। गोराखानी, टाप्टिङ, केरुङ, तिङला, गार्मा, टाक्सिन्दु, बेनी र तामाखानी स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा जिल्ला अस्पताल फाप्लुका डा. कमला सन्जेल र विनोद पाण्डेको टोली खटिएका थिए।

वर्षको तीनपटक वडा तहमै पुगेर आधारभूत स्वास्थ्यसेवा दिने कार्यक्रमअन्तर्गत सञ्चालित शिविरमा ७३ प्रकारका औषधि वितरण गरेको स्वास्थ्य शाखा संयोजक मगरले बताए। ‘हामीले जिल्ला अस्पतालले दिने औषधिभन्दा ३ प्रकारको औषधि बढी वितरण गरेका छौं’, उनले भने, ‘गाउँघरमै स्वास्थ्योपचार पाएपछि विशेषतः महिला, ज्येष्ठ नागरिक र अपांगलाई ठूलो राहत मिलेको छ।’ उनले अशक्त र असहाय लक्षित शिविर प्रभावकारी भएको बताए। शिविरमा उच्च रक्तचाप र हाडजोर्नीसम्बन्धी समस्या बढी देखिएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);