यी दुई कुरा एकैचोटी प्रयोग गर्दा मुखको क्यान्सर हुने सम्भावना बीस गुणा बढ्छ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

यी दुई कुरा एकैचोटी प्रयोग गर्दा मुखको क्यान्सर हुने सम्भावना बीस गुणा बढ्छ (भिडियोसहित)

cancer

काठमाडौं, १० माघ । पछिल्लो समय मुखको क्यान्सर नेपालमा गम्भिर समस्या बनेको छ । मद्द्यपान र धुम्रपान क्यान्सर प्रमुख कारण हो । सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिन्नु मुख्य उपाय हो । मद्द्यपान सुपारीजन्य पदार्थ, रसायनिक तथा अखाद्द्य पदार्थ खानु हुँदैन । सन्तुलित खाना, हरियो सागपात र फलफुलमा जोड दिनु पर्दछ । खानेकुरा खाएपछि मुखको सरसफाईमा ध्यान दिनु पर्दछ । नुन कम राखेको खानेकुरा खानु पर्दछ । मुखमा विभिन्न दाग देखिनु क्यान्सरको विभिन्न लक्षण हुन सक्छन् ।

कहिले काँहि घाउ नदुख्नु पनि यसको लक्षण हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकहरुलाई देखाई हाल्नु पर्दछ । मुखमा भएका परिवर्तन घाउ, खटिरा र दाग सजिलै सँग देख्न सकिन्छ । मुखको क्यान्सर भएका विरामी मध्ये ९०% सुर्तीजन्य पदार्थ सेवन गर्नाले हुने चिकित्सकहरु बताउँछन् । कारण र उपचार सहित  थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले नाक, कान, घाँटी विशेषज्ञ डाक्टर सुबान भण्डारी संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);