प्रवक्ता घिमिरेले भने-'भूकम्प पीडित अनुदान सहायता रकम दिन सकिदैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

प्रवक्ता घिमिरेले भने-‘भूकम्प पीडित अनुदान सहायता रकम दिन सकिदैन’

manohar

काठमाडौं, ८ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित अनुदान सहायता रकम स्थानीय तहलाई हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेको छ ।

भूकम्प पीडित जिल्लाका स्थानीय तहले सेवाग्राहीलाई दिने अनुदान सहायता पनि स्थानीय सरकारले नै दिनेगरी बजेटको व्यवस्था गरिदिन माग गरिरहेका बेला प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले त्यसो गर्न नसकिने प्रष्टयाउनु भएको हो । उनले स्थानीय तहसँग पुनर्निर्माणको कामका लागि गरिएको समझदारीले पुनर्निर्माणको कामले गति लिएको पनि जानकारी दिए ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहायक प्रवक्ता घिमिरेले पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउने गरी गरिएको दुई पक्षबीचको समझदारीबाट पुनर्निर्माणको काम उत्साहका साथ अघि बढिरहेको बताए ।

प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ८२ वटा स्थानीय तहमा पुनर्निर्माणको कामलाई अघि बढाउन ११ बुँदे समझदारी गरेको थियो । सोही समझदारीले पुनर्निर्माणको कामलाई अघि बढाउन सहज बनाई दिएको पनि प्राधिकरणको भनाई छ ।