अछामको ढकारी गाउँपालिकामा पहिलो पटक बससेवा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अछामको ढकारी गाउँपालिकामा पहिलो पटक बससेवा सञ्चालन

शुशील भण्डारी
अछाम, ८ माघ । अछामको ढकारी गाउँपालिकामा पहिलो पटक बससेवा सञ्चालन भएको छ । गाउँपालिकाको सक्रियतामा कमलबजारको घोडासैनदेखि बाचकोटसम्मको सडक स्तरोन्नती गरेपछि पहिलो पटक गाउँमै बस पुगेको हो । आफ्नो गाँउमा बस देख्न पाउँदा स्थानीयहरु खुशीले उत्साहित भएका छन् ।

भौगोलिक रुपमा निकै बिकट रहेको ढकारी गाँउपालिकाका स्थानीयहरु अन्यत्र जानका लागि अहिले पनि मंगलसेन र कमलबजार पुगेर बस चढ्नु पर्ने बाध्यता रहेको थियो भने अहिले यहाँका स्थानीयहरु बस आएपछि हर्षित भएका छन् ।

अछामको ढकारी गाउँपालिकामा पहिलो पटक बससेवा सञ्चालन भएको हो । गाउँपालिकाको सक्रियतामा कमलबजारको घोडासैनदेखि बाचकोट सम्मको सडक स्तरोन्नती गरेपछि पहिलो पटक गाउँमै बस पुगेको हो । बस पुगेपछी बाजागाजा सहित स्थानीयले स्वागत गरेका थिए ।

२१ हजार पाँच सय ६२ जनसंख्या रहेको ढकारी गाउँपालिकाका स्थानीयहरु तराई झर्नका लागि दैलेखको टुनिबगर, सुर्खेतको गुठु र जिल्ला सदरमुकाम मंगलसेन पुगेर बस चढ्ने गरेका थिए । घर नजिकैबाट बस चढ्ने स्थानीयको सपना पुरा गर्न ढकारी गाउँपालिकाले कमल बजार नगरपालिका–१० देखि गाँउपालिका कार्यालय सम्म १२ मिटर फराकिलो सडक निर्माण गरेको छ । बस सेवा शुरु गर्नु भन्दा सेवालाई निरन्तरता दिएर स्थानीयलाई सुलभ सेवा दिने लक्ष्य रहेको घोडासैन ढकारी सडक निमार्ण समितीका अध्यक्ष पुष्प बहादुर भण्डारीको भनाई छ ।

बस सेवा सञ्चालन भएपछी गाउँपालिका बासिन्दालाई सस्तो र सुलभ रुपमा यातायात सुविधा हुने छ । बस सेवा संचालनले गाउँपालिकाको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);