प्रहरीलाई घुस दियो कि झिरिप्पै, घुस दिने २६ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रहरीलाई घुस दियो कि झिरिप्पै, घुस दिने २६ पक्राउ

pakrau

काठमाडौं, ८ माघ । प्रहरीलाई घुस दिने व्यक्तिमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पक्राउ गर्ने अभियान अगाडि बढाएको छ । प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिने २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घुस दिनेलाई प्रक्राउ गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कृत समेत गरेको छ । प्रहरीले सवारी चाँजका क्रममा प्रभावमा पार्न दुई सयदेखि दुई हजारसम्म घुस दिने सवारी चालक र सह–चालकलाई नियन्त्रणमा लिएर सामाजिक हित विरुद्धको मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत मंसिरबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर घुस दिन खोज्नेलाई नियन्त्रणमा लिने अभियान सुरु गरेको थियो । प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङगेहात नियन्त्रणमा लिएर कारवाही गरेको महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले बताए ।

सामाजिक विकृतीको रुपमा रहेको गलत संस्कार हटाउनका लागि अभियान नै सञ्चालन गरेको बताउँदै उहाँले गलत काम गर्ने व्यक्तिहरु पक्राउ पर्ने बताए ।

प्रहरीलाई सार्वजनिक सवारी साधनका चालक, सह–चालक र मोटरसाइकल चालकले घुस दिएको पाइएको छ । प्रहरीले घुस खादैन भन्ने मान्यतालाई स्थापित गर्न यो अभियान सञ्चालन गरेको बताइएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);