न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रोग्रेसिभको १३ लाख ३० हजार कित्ता सेयर लिलामी आउदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रोग्रेसिभको १३ लाख ३० हजार कित्ता सेयर लिलामी आउदैँ

progressive finace limited

काठमाडौं,  ७ माघ । प्रोग्रेसिभ फाइनान्सले माघ १५ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ३० हजार २५५ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ ।

प्रोग्रेसिभले यसअघि मंसिर १० गतेदेखि २४ गतेसम्म सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

जसमा संस्थापक समूहको सम्पूर्ण सेयर बिक्री हुँदा पनि सर्वसाधारण समूह तर्फ ३ लाख ४१ हजार ७०० कित्ता सेयरमा मात्र आवेदन परेको थियो । त्यतिबेला नबिकेको १३ लाख ३० हजार २५५ कित्ता सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद माघ २२ गतेसम्म हुनेछ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);