काठमाडौं, ५ माघ । थाइल्याण्डमा जारी टि–२० स्म्यासको उपाधिका लागि अहिले नेपाल आयोजक टोलीसँग खेल्दैछ । केही समयमा शुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाईनलमा नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजीत गरी उपाधि यात्रा तय गरेको हो । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको थियो । शुक्रबारै भएको दोस्रो सेमिफाईनलमा थाइल्याण्डले युएइलाई ४९ रनले पराजीत गरी उपाधि यात्रा तय गरेको हो ।
२ बर्षपछि महिला क्रिकेटकाे फाइनलमा पुगेकाे नेपाली टिम प्रतियाेगितामा अपराजित टिम हाे । ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट गरिरहेकाे नेपालले थाइल्याण्डलाइ पराजित गरेमा महिला क्रिकेटकाे इतिहासमा पहिलाे पटक उपाधि जित्नेछ ।