एजेन्सी, ४ माघ । अमेरिकामा संसद र सरकारबीचको द्वन्द्वको अवस्था देखिएको छ । खासगरि आप्रवासीका लागि कडा नीति ल्याउन लागेका ट्रम्प त्यो गर्न नपाएकै कारण अहिले सभामुख विरुद्ध खनिएका छन् ।
ट्रम्पले सभामुख न्यान्सी पेलेसिको अफगानिस्तान भ्रमण रद्ध गरिदएका छन् भने अन्य अधिकारिको भ्रमण समेत रद्ध गरेका छन् । त्यतिमात्र हैन ट्रम्पले विश्व आर्थिक मञ्चको स्विजरल्याण्डमा हुन लागेको सम्मेलनमा आफ्नो पूर्वनिर्धारित भ्रमण समेत स्थगित गरेका छन् ।
गएको अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याट र रिपब्लिकन उम्मेदवारबीच सबैभन्दा धेरै चर्चा पाएको विषय आप्रवासी सम्बन्धी मुद्धा थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट हटाउनुका साथै आप्रवासीका लागि कडा नीति अपनाउने घोषणा गरेका थिए भने डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनले आप्रवासीका लागि थप नरम नीति लिने बताएकी थिइन् ।
यही मद्दा उठाएर चुनाव जितेका राष्ट्रपति ट्रम्पले आफ्नो घोषणा अनुसारका नीति भने बनाउन सकेका छैनन् । यसमा उनको अमेरिकी संसद कङ्ग्रेसमा रहेको संख्या बाधक बनेको छ । तर, संख्याले नपुग्ने जानेरपनि राष्ट्रपति टम्पले आफ्नो जिद्धि नछोडेपछि अहिले अमेरिका आफै समस्यामा परेको छ ।
राष्ट्रपति ट्रम्पले मेक्सिकासँगको सिमामा सरकारी खर्च कटौति गरी पर्खाल लगाउन राखेको प्रस्ताव सिनेटले अस्वीकृत गरिदिएपछि ट्रम्प संकटकालिन घोषणा गरेर भएपनि पर्खाल लगाउने अडान राख्दै आएका छन् ।
अघिल्लो वर्षकै बजेटमा आप्रवासी सम्बन्धी कडा नीति लिन खोज्दा बजेट नै अस्वीकृत भएपछि व्याक भएका ट्रम्पले यसपटक व्याक नहुने संकेत दिएका छन् । ट्रम्पले कतिसम्म अडान कसेका छन् भने एक महिना देखि अमेरिकी संघीय सेवाका आठ लाख कर्मचारीले काम बन्द गर्दा समेत उनले आफ्नो अडान छोडेका छैनन् । यससँगै के ट्रम्पले संकटकालको घोषणा गरेर रक्षा क्षेत्रको बजेटकै भरमा मेक्सिकोसँगको पर्खाल लगाउन थाल्ने छन् भन्ने प्रश्न उठेको छ ।
किन भने अमेरिकी संघीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नै लागेको छ । राष्ट्रपति ट्रम्पले संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् ।उनले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि रद्ध गरिदिएका छन् ।
अत्यावश्यक बजेटमा पनि राजनीति गरिएको भन्दै संघीय कार्यालयमा कार्यरत कर्मचारीले विरोध गर्न थालेका छन् । कतिसम्म भने ट्रम्पको पार्टी रिपब्लीकनकै प्रभावशाली सिनेटर लिन्ड्से ग्राहमले ट्रम्पको कदमलाई दोस्रो दर्जाका काम भनेर टिप्पणी गरेका छन् ।
उनले सभामुखको भ्रमण रद्ध गर्नु गलत काम भएको बताएका छन् । पूर्वअमेरिकी सैनिकसमेत रहेकी कंग्रेस सदस्य इलेन लुरियाले त कंग्रसको जिम्मेवारी नै निगरानी गर्नु भएको भन्दै संवैधानिक कर्तव्यमाथि राष्ट्रपतिले हस्तक्षेप गर्नु अनुपयुक्त भएको बताएकी छन् ।
आप्रवासीहरुबाटै बनेको इतिहास बोकेको अमेरिका एतिवेला तिनै आप्रवासीको मुद्दामा एति धेरै विभाजित भएको छ कि डेमोक्र्याट र रिपाव्लिकनबीच द्वन्द्व उत्कर्षमा पुगेको छ । अनि संसद र सरकारकैबीचमा देखिएको झगडाले विश्व शक्ति राष्ट्रबाट विश्वलाई नैं खतरा त हुने हैन भन्ने त्रास समेत बढाएको छ ।