काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंगलबारदेखि स्विजरल्याण्डमा सुरु हुने विश्व आर्थिक मंचको बैठकमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्विजरल्याण्डको ढाओस सहरमा मंगलबारदेखि आयोजना हुने ४ दिने विश्व आर्थिक मंचको बैठकमा आफू नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने औंपचारिक जानकारी गराएका हुन् ।
विश्वकै विकास र लगानीसम्बन्धी उच्चस्तरीय सो मंचको बैठकमा नेपालले पहिलो पटक सहभागी हुने अवसर प्राप्त गरेको हो । नेपालले द्वन्द्व व्यवस्थापनसहितका राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेख्य प्रगति गरेपछि विश्व आर्थिक मंचले पनि नेपालको महत्वलाई बुझेर सो बैठकमा निमन्त्रणा गरेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सो बैठकबाट नेपालले विश्वका शक्तिशाली राष्ट्रहरुलाई नेपालप्रति आकर्षित गर्ने विश्वास पनि गरे । उनले आफू नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको सो भ्रमणले नेपालको प्रतिष्ठालाई अझै उचाईमा पु¥याउने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओली आगामी आईतबार स्विजरल्याण्डतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।