काठमाडौं, १३ भदौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गर्दै दवाव आन्दोलन सुरु गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने पार्टीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिने उद्देश्यका साथ मंगलबारबाट आन्दोलन सुरु गरिएको नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मंगलबार अपरान्ह माईतीघर मण्डलामा भेला भएका पार्टीका नेता, कार्यकर्ताले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने शासन व्यवस्था स्थापना गर्न सरकारसँग माग गरेका थिए ।
शान्ति र समृद्धिका लागि राजनीतिक स्थिरता र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने पार्टीको अडान रहेकाले सोही माग सम्बोधन गर्न आन्दोलनको कार्यक्रम अघि बढाइएको नेता श्रेष्ठले जानकारी दिए ।
नयाँ शक्ति पार्टी, नेपालले सुशासन कायम गर्न पनि सरकारसँग माग गर्दै आएका छन । पार्टीका नेता श्रेष्ठले मुलुक भ्रष्टाचारको दलदलमा फसेकाले त्यसबाट मुक्त गराउन पनि आफूहरु लागि परेको बताए ।





