आगामी निर्वाचनमा काँग्रेसले कसैसँग तालमेल गर्नुहुँदैन : शशांक | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

आगामी निर्वाचनमा काँग्रेसले कसैसँग तालमेल गर्नुहुँदैन : शशांक

चितवन, १३ भदौ । कांग्रेस महामन्त्री शशांक कोइरालाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले कसैसँग पनि तालमेल गर्न नहुने बताएका छन् ।

 

काँग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘तालमेल गर्ने कुरा बिपीले समेत अस्वीस्कार गर्नुभएको थियो तसर्थ कांग्रेले संगठन बलियो बनाएर एक्लै निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ ।’

 

स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको थियो । चितवनमा पनि कांग्रेसले तालमेल गरी मेयर पद छाडेको थियो ।

 

यहाँ तालमेल गरेकै कारण महानगर प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले निर्वाचन जितेकी हुन् । यद्यपी यहाँका कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा थिएनन् ।