काठमाडौं, १६ पुस । नेपाली काँग्रेसको महासमितिको बैठक भर्खर सकिएको छ । ६ वर्ष पछि बसेको महासमितिको बैठकको सुरुवातमा विजयकुमार गच्छदारले दुई नेतालाई हात मिलाउन आधारभूमि तयार गरिदिए । त्यसपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने क्रममा हात मिलेर हुदैन, मन मिल्नु पर्छ, मन मिल्ने वातावरण बनेको छैन भनेर तत्कालै बोलेको अवस्था थियो ।
जब १० दिन पछि बैठक सकियो, हामीलाई डुबाउन खोज्नेहरु आफै डुबे , खाल्डामा हाल्न खोज्नेहरु सफल भएनन् भनेर पौडेलले बताए पछि हिजोको दिनमा काँग्रेस भित्र रहेको गुट-उपगुट, अप्ठ्यारोपन, एकले अर्कोलाई देखि नसहने वातावरण के अब अन्त्य भएको हो भन्ने प्रश्न उठेको छ । काँग्रेसले बैठक पछि हामी अब सशक्त भूमिका खेल्छौ भनेर सत्ता पक्षसंग भनेको थियो ।
सशक्त भूमिका भनेको के हो ? सशक्त भूमिका खेल्न नेपाली काँग्रेस कति सशक्त छ ? काँग्रेसले आफुलाई प्रतिपक्षको रुपमा भित्रै देखि आत्मसाथ गरेको हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता श्याम घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् :