कार्यकर्ता गाउँ नपुग्दै कांग्रेसमा फेरी गुट भेला सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

कार्यकर्ता गाउँ नपुग्दै कांग्रेसमा फेरी गुट भेला सुरु

nepali congress

कविता कार्की

काठमाडौं, १४ पुस । मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले गत मंसिर २८ गते देखि पुष ८ गतेसम्म लगाएर महासमिति बैठक सम्पन्न ग¥यो । महासमिति अवधिभर विधानको मस्यौदा नै पेश गर्न नसकेर निरास बनेका देशभरबाट आएका सदस्यहरु आठौं दिन विधानको मस्यौदा केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरेर पेश गरेपछि उत्साहित बनेका थिए ।

झन् समापन समारोहमा नेताहरुले हात समाएर एक भएको घोषणागरेपछि त अव गाउँ गाउँमा कांग्रेस जाग्रित हुने घोषणा नैं गरेर कार्यकर्ता फर्किएका थिए । तर कार्यकर्ता फर्किएर गाउँ नपुग्दै नेताहरु भने १४ औं महाधिवेशनको तयारीका लागि आ–आफ्ना गुटको भेलामा जुटन थालेका छन् ।

अहिले कांग्रेसका नेताहरु महासमितिले कार्यकर्तालाई उत्साह भर्न सकेपनि नेताहरुबीचको एकताको उद्देश्य प्राप्तिमा सफल हुन नसकेको बताइरहेका छन् । एक सय ६७ सदस्यीय केन्द्रीय समिति, निर्वाचित १३ सहित १४ पदाधिकारी र समानुपातिक समावेसी प्रतिनिधित्व सुनिश्ति गरेका कारण उपलब्धीपूर्ण हुन सकेको बताउँछन् ।

तर, उनीहरु त्यस्ता उपलब्धी भएपनि त्यसको उत्साह आम जनतामा पु¥याउने गरि बहस हुन नसकेको बताइरहेका छन् । विधानलाई समावेसी बनाउँदै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेपनि त्यसको कार्यान्वयनको प्रभावकारितालाई लिएर कांग्रेस भित्रै चिन्ता सुरु भएको छ ।

लामो सघर्ष र आन्दोलनबाट गुज्रिएको कांग्रेसमा समावेसी समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएपनि आम कार्यकर्ता हुँदै आम जनतासम्म पुग्ने नेतृत्व र कार्यक्रमलाई लिएर त्यस्तो चिन्ता देखिएको हो । योसँगै कांग्रेसको विवाद बाहिरी रुपमा मात्र मिलेकाले भित्रि विवाद कायम रहेको कांग्रेस नेताहरुकै बुझाई छ ।

कांग्रेसभित्रको विवाद मिल्यो भनेर घोषणा गरेपनि सैद्धान्तिक विवादमा बल्ल फसेको विश्लेषकहरुको बुझाई छ । हिन्दु राष्ट्रियताका पक्षधरको आवाज धेरै उठेर पनि त्यसलाई वेवास्ता गरिएको महासमितिबाट अब कांग्रेसमा कुन नीतिले जनसमर्थन पाउने भन्ने विवाद सुरु गरेको उनीहरुको बुझाई छ ।

निर्वाचन परिणाम देखि विवादमा गुज्रिएको कांग्रेसले महासमिति बैठक पछि अस्थायी मिलापको अवस्थामा प्रवेश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);