चितवनमा वन्यजन्तुको आक्रमणबाट चार महिनामा आठको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

चितवनमा वन्यजन्तुको आक्रमणबाट चार महिनामा आठको मृत्यु

hatti

काठमाडौं, २३ मंसिर । पछिल्लो साढे चार महिनामा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ । मृतक ८ मध्ये ५ जना माडीवासी हुन् । माडी चितवन निकुञ्जको जंगल र सोमेश्वर पर्वत शृंखलाअन्तर्गतको जंगलले चारैतर्फबाट घेरिएको इलाका हो ।

भरतपुरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको माडीका बासिन्दा घाँस–दाउरा गर्न जंगलमै निर्भर छन् । गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचजनाको मृत्यु भएको थियो ।