काठमाडौं, २२ मंसिर । संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समितिको बैठक शनिवारबाट सुरु भएको छ । प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गर्दै सरकारमा गए पछि संघीय समाजवादी फोरम नेपालको यो पहिलो केन्द्रिय समितिको बैठक हो ।
बिहिबार बसेको पार्टीको राजनैतिक समितिको बैठकले केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । शनिवार सुरु केन्द्रिय समितिको बैठकमा पार्टिको महाधिवेशनको मिति तय गर्ने र सरकारको समिक्षा समेत गर्ने बताइएको छ ।
केन्द्रीय समिति बैठकमा प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरण सम्बन्धि नयाँ कार्यविधि तय गर्ने पनि बताइएको छ । सरकारमा जाँदा संबिधान संसोधनको मूल मुद्दा छोडेको भन्दै अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् ।




