रियल म्याड्रिडको कीर्तिमानी जित | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

रियल म्याड्रिडको कीर्तिमानी जित

एजेन्सी, २१ मंसिर । स्पेनिस कोपा डेल रे फुटलबलमा मेलिल्लामाथि कीर्तिमानी जित निकाल्दै रियल मड्रिड प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रवार बिहान आफ्नै घरेलु मैदानमा भएको खेलको अन्तिम ३२ को दोस्रो लिगमा मेलिल्लामाथि ६–१ गोलको जित निकाल्दै समग्रमा १०–१ गोलअन्तर सहित रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले मेलिल्लालाई ४–० गोलले पराजित गरेको थियो । दोस्रो लेगमा भारी गोल अन्तरले विजयी गराउन रियलका लागि मार्को एसेन्सियो र इस्कोले समान २–२ गोल गरे । त्यस्तै, सान्चेज डे फिलिपे र पाइक्छाओ डे ओलिभिरा जुनियरले समान १–१ गोल गरेका थिए ।