सरकार संघीयताको विपक्षमा उभिएको उपसभापति निधिको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सरकार संघीयताको विपक्षमा उभिएको उपसभापति निधिको आरोप

bimalendra nidhi

काठमाडौं, १४ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको दावी गरेको छ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मी सँग कुरा गर्दै उनले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको पनि स्पष्ट पारेका छन् ।

उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गरे । उनले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढने तयारीमा रहेको पनि बताए ।

उपसभापति निधिले पार्टी भित्र गुट/उपगुट नरहेकोे दावी समेत गरे । उनले पार्टीको विधान मस्यौदामाथि फरक मत रहेपनि त्यसलाई गुट/उपगुटको रुपमा बुझ्न नहुने पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);