बेइजिङ, ११ भदौ । दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानतोङ प्रान्तको चिनानबाट नेपाल फर्कन विमान चढे। झन्डै तीनमहिनापछि नेपाल फर्कन पाएकामा उनीहरु खुसी थिए। तर उनहरुको खुसी लामो समय रहेन। चिनानबाट छन्दु पुगेपछि उनीहरु चिनियाँ प्रहरीको नियन्त्रणमा परे।
छन्दुबाट काठमाडौंका लागि उड्नविमानस्थलको काउन्टर पुगेका उनीहरुलार्य बोर्डिङ पास दिनुपर्नेमा काउन्टरका कर्मचारीले प्रहरी बोलाएर पक्राउ गराए।
छन्दु प्रहरीले उनीहरुलाई दुई साताका लागि डिटेन्सन (हिरासत) मा राखेको छ। दलालमार्फत काम गर्न भनेर यहाँ आएका उनीहरु भिसा सकिएको ५६ दिनसम्म अवैध बसेका कारण प्रहरीले डिटेन्सनमा राखेको हो। आजको कान्तिपुरमा खबर छ।
त्यतिका दिनसम्म बिनाभिसा अवैध बसेकाले जरिवाना बुझाउन नसक्नेलाई चीनको सार्वजनिक सुरक्षा ब्युरोले पक्राउ गरी हिरासतमा राख्ने गर्छ। चिनियाँ प्रहरीले उनीहरुलाई दुई राता डिटेन्सनमा राखेर अनुसन्धान गरी प्रक्रिया पु-याएर नेपाल फर्काइदिनेछ।