‘कोलम्बो प्रोसेस’ को छैंठौ बैठक काठमाडौंमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

‘कोलम्बो प्रोसेस’ को छैंठौ बैठक काठमाडौंमा हुने

काठमाडौं, २६ कात्तिक । वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका राष्ट्रहरुको साझा संस्था ‘कोलम्बो प्रोसेस’ को छैंठौ बैठक काठमाडौंमा हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी यही कार्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको छैठौं बैठक काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

वैदेशिक रोजगारीमा जानेहरुको छनौटदेखि उनीहरुको क्षमता विकासका समेत सहकार्य गरेर अघि बढ्ने गरी सो बैठक आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाईल्याण्ड र भियतनामसहितका १२ वटा देश रहेका छन् । सदस्य राष्ट्रहरुबीच वैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्सको उपयोगको विषयमा पनि वृहत छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

यही २९ गते कोलम्बो प्रोसेसको छैठौं बैठक बस्नेछ भने भोलिपल्ट कार्तिक ३० गते सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय परामर्श बैठक बस्नेछ । मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन् ।

नेपालले अध्यक्ष राष्ट्रको हैसियतमा बैठकको अध्यक्षता गर्नेछ । अन्तर्राष्ट्रिय आप्रबासन संगठन (आईओएम)को समन्वयमा आयोजना हुने सो बैठकमा सदस्य राष्ट्रहरुबीच वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने नीति, रणनीति र हासिल गर्ने उपलब्धिका विषयमा पनि बहस हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);