आजबाट काठमाडौंमा कोलम्बो प्रोसेसमा आबद्ध राष्ट्रहरुको छैठौं बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आजबाट काठमाडौंमा कोलम्बो प्रोसेसमा आबद्ध राष्ट्रहरुको छैठौं बैठक सुरु

काठमाडौं, २९ कात्तिक । आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न कोलम्बो प्रोसेसमा आबद्ध राष्ट्रहरुको छैठौं बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।

बैठकमा एसियाका १२ देशका प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म हुने कोलम्बो प्रोसेसको बैठकमा सदस्य मुलुकहरुबीच अन्तर्रािष्ट्रय आप्रवास र अनुबन्धनमा आधारित श्रमका विषयमा परामर्श भइरहेको छ ।

बैठकमा सदस्य मुलुकका मन्त्री र उच्च अधिकारीहरु सहभागी छन् । बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध, विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्चका रूपमा सन् २००३ मा श्रीलंकामा कोलम्बो प्रोसेसको स्थापना भएको थियो ।अन्तर्रा्ष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले मञ्च सञ्चालित छ । कोलम्बो प्रोसेसमा १२ राष्ट्र सदस्य र आठ राष्ट्र पर्यवेक्षकका रूपमा आबद्ध छन् । सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);