तीनै नेताले अध्यक्ष ताकेपछि राप्रपा एकिकरण अन्यौल | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

तीनै नेताले अध्यक्ष ताकेपछि राप्रपा एकिकरण अन्यौल

raparapa

काठमाडौं, १८ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको आकांक्षा नत्यागेपछि राप्रपा एकीकरण अन्योलमा परेको छ ।

तीन पार्टी मिलाउन संस्थापक नेता लोकेन्द्रबहादुर चन्द्र, बुद्धिमान तामाङ लगायतले दवाव दिँदै आएका छन् । ‘हामीले तीन पार्टी मिलेर एउटै राप्रपा बनाउँ, नभए हाम्रो हालत टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद जस्तै हुन्छ भन्दै तीन अध्यक्षलाई दवाव दिइरहेका छौ’ एक नेताले भने ‘तर, तीनै जना अध्यक्षको ध्यान नेतृत्वमा मात्रै छ । त्यसैले समस्या पारिरहेको छ ।’, यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार