काठमाडौं, १५ कात्तिक । असार ६ गतेबाट संचालनमा आएको उपल्लो बायुुमण्डलको तथ्याङ्कलिन उडाईने गरेको रेडियोसोण्ड बेलुुन तीन महिनादेखि अवरुद्ध छ । प्राविधीक लगायतका कारण देखाउँदै भएको केन्द्र तिहारपछि संचालन आउने मौसम पूर्वानुमान महाशाखाले दाबी गरेको छ ।
यो किर्तिपुर स्थित उपल्लो वायुुमण्डलको तथ्याङ्क लिन मौसम पूर्वानुमान महाशाखाले वेलुन उडाउन बनाईएको ठाउँ हो । यो केन्द्रबाट तापक्रम, बायुको चाप, सापेक्षिक आद्र्रता र वायुको गतिजस्ता कुराहरुको वारेमा सुुचना लिन प्रयोग गरिन्छ । तर, नेपालमा पहिलो पटक बिश्व बैङ्कको सहयोगमा गत असार ६ गतेवाट त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा रहेको यो रेडियोसोण्ड केन्द्र शुरु भएको तीन महिना नपुग्दै बन्द भएको छ ।
मौसम पूर्वानुमान महाशाका अनुसार यो केन्द्रमा २ वर्ष सम्म बेलुुन उडाउने बिश्व वैङ्कसँग संझौता भएपनी अहिले प्राबिधिक समस्याका कारण सबै काम रोकिएको छ । शाखाका अनुसार समस्याको समाधान गरी तिहार लगत्तै संचालनमा ल्याइने दावी महाशाखाको छ । दैनिक उडान गर्नुुपर्ने बेलुुन एक पटक उडाउन २० देखी २५ हजारसम्म खर्च लाग्ने गरेको छ भने बेलुनमा जडित सेन्सरले वायुुमण्डलमासको ३५ किलोमिटर माथि सम्मको वायुुसमण्डलीय तापक्रम, बायुको चाप, सापेक्षिक आद्र्रता र वायुको गतिजस्ता महत्वपूर्ण विषयमा सुचना लिन सकिन्छ ।
दैनिक मौसम पूर्वानुुमान गर्नको लागि बेलुुृन कोसेढुुङ्गा सावित भएको यो केन्द्र बन्द हुँदा अहिले सतही तथ्याङक मार्फत नेपालको काठमाडौं, धनगढी, पोखरा, नेपालगंज, धनकुुटा लगायतका १६ ठाउँवाट मौसम सम्बन्धी जानकारी लिईरहेको छ । उच्च वायुु मण्डलको जाँचगर्ने रेडियसन बेलुुन भने किर्तीपुरबाट मात्र संचालन गर्दै आईरहेको छ ।