पीपीएलमा पोखरा पल्टनको सुखद सुरुवात | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

पीपीएलमा पोखरा पल्टनको सुखद सुरुवात

pokhara paltan

पोखरा, ९ कात्तिक । विराटनगर टाइटन्सलाइ ५८ रनले पराजित गदै पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) मा आफ्नो दावेदारीता प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा विनोद भण्डारीको विस्फोटक ब्याटिङको मदतमा पोखरा पल्टनले सुखद सुरुवात गरेको हो ।

पोखरा पल्टनल दिएको १ सय ९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्रै बनाउन सक्यो । विराटनगरको सुरुवाती समयमै विकेट गुमाएको थियो । १७ रन हुदा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको विराटनगरले दोस्रो विकेटको रुपमा प्रदीप ऐरीलाई गुमाएको थियो ।

विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३० –३० रन बनाए । त्यस्तै, सन्दीप लामिछानेले अविजित १४ रन बनाए । त्यस्तै एन्ड्रव सुविकसानले १४, सुनिल धमलाले ११, प्रदीप ऐरी र जितेन्द्र ढकुरीले समान १० –१० रन बनाए । बलिङतर्फ ललितनारायण राजवंशीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो । पोखराका लागि आशिफ शेखले ५२, रवि इन्दर सिंहले ४४ र विनोद भण्डारीले अविजित ४१ रन बनाए । विनोदले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए । खेलमा सन्दीप लामिछानेले २ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);