कपिलवस्तु, ५ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि हटाइएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले चार घण्टाका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो । दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।