कपिलवस्तुमा खानेपानीको हाहाकार, पोखरीको दुषित पानी पिउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

कपिलवस्तुमा खानेपानीको हाहाकार, पोखरीको दुषित पानी पिउन बाध्य

pani ko hahakar

शम्भु मालि
कपिलबस्तु, १२ असोज
। एक साता देखि ट्युबेलमा पानी आउन छाडे पछि कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित ३ गाँउमा खानेपानीको हाहाकार भएको छ । पानी आउन छाडे पछि तीन गाँउका करिब सय १ सय २५ भन्दा बढी परिवार गाउ नजिकै रहेको पोखरीको दुषित पानी पिउन बाध्य भएका छन् ।

कपिलबस्तुको देउपुरा, लोहरौली र लोहरौलीको नया बस्ती टोलमा अहिले पानीको चरम अभाव छ । सोही वडाको गाउ नजिकै भुमीगत सिंचाई योजना दाङ्ग घोराहीले ठुलो बोरिङ सुरु गरेपछि गाउमा रहेको ट्युबेलमा पानी आउन छाडेको गाउलेहरुले बताएका छन् । एक साता यता नलमा पानी नआउदा पिउने पानीको समेत अभाव भएको र पोखरीको दुषित पाउन पिउँन बाध्य भएको स्थानियहरु बताउँछन् ।

पानी कै अभावले तरकारी खेतीमा सिचाई समेत गर्न नपाएकोले हुर्किका बिरुवा समेत पहेलो भएका स्थानियहरुको भनाई छ । सोनु ईटा उद्योगको छेउमा रहेको ठुलो बोरिङ दिनरात चलाउदा गाउका नलको मुहान सुकेको हो ।

तीन गाउमा खानेपानीको हाहाकार भए पछि गाउलेहरुले ईटा उद्योगमा चलाईएको ठुलो बोरिङको बिरुद्ध प्रशासनमा उजुरी दिने समेत जनाएका छन् । तर ईट्टा उद्योगले आफुहरुले उक्त पानि प्रयोग नगरेको दावि गर्दै आइरहेको छ । ढेड सय देखि ४ सय फिटसम्म जाली बाधेर ठुलो बोरिङमा पानी निकालिदा यस्तो समस्या आएको गाँउलेहरु बताउछन ।

चरम अभाबका कारण एक साता देखि स्थानियले नुहाउन लुगा धुन र अन्य सरसफाइका काम समेत गर्न नपाएको उनिहरुको गुनासो छ । साथै पानि अभाबकै कारण स्थानियलाई शौच गर्न समेत समस्या भैरहेको छ ।