माइतीघर मण्डलामा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

माइतीघर मण्डलामा विरोध प्रदर्शन

maitighar mandala

काठमाडौं, १० असोज । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्मला पन्त हत्याकाण्डको विषयमा निष्पक्ष छानबिन गर्न र मुल्यवृद्धिको विरुद्धमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बलात्कार पछि हत्या भएको ७० दिन वितिसक्दा पनि सरकारले पीडितलाई न्याय दिन नसकेको भन्दै निर्मला पन्तको न्यायका लागि सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

पछिल्लो समयमा पेट्रोलियम पदार्थसँगै सार्वजनिक सवारी साधनको भाडामा भएको मूल्यवृद्धिले जनताको ढाड सेकेको भन्दै सरकारलाई तुरुन्त मूल्य वृद्धि फिर्ता गर्न आग्रह गरेका छन् ।

पछिल्लो समयमा भएका बलात्कारका घटनाहरुमा सरकारले पीडितलाई बेवास्ता गरेको भन्दै तुरुन्त सच्याउन माग गरेका छन् ।

ताजा समाचार