नेपालको विकासमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

नेपालको विकासमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

pm oli asia society

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।  एसिया सोसाइटीले अमेरिकाको न्युयोर्कमा आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जलविद्युत, पर्यटन, कृषिलगायत अन्य क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बर्तमान सरकार नेपाललाई समृद्ध बनाउने अभियानमा लागेको भन्दै भारतले नाकाबन्दी गरेका बेला नेपालले सहनु परेको पीडा अन्तराष्ट्रिय समुदाय समक्ष राखेका थिए । अहिले नेपालमा स्थिर सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत, कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोगमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले हरेक द्वन्द्वको परिस्थिति फरक हुने भएकाले त्यसको राजनीतिक समाधान खोज्नुपर्नेमा जोड दिए ।