इन्धन बोकेका ट्यांकर वीरगञ्ज नाकाबाट धमाधम नेपाल भित्रिन थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

इन्धन बोकेका ट्यांकर वीरगञ्ज नाकाबाट धमाधम नेपाल भित्रिन थाले

petrolium padharta

वीरगञ्ज, ६ असोज । वीरगञ्ज नाकाबाट ५ दिन देखी ठप्प रहेको इन्धन आयात सुचारु भएको छ । हिजो साँझ देखी इन्धन बोकेका ट्यांकरहरु वीरगंज भन्सारबाट धमाधम नेपाल भित्रिन थालेका छन् ।

रक्सौलबाट शनिवार दिउँसो एक बजेसम्म ४० वटा ट्यांककर नेपाल भित्रिसकेका छन् । इण्डियन आयल रक्सौल डिपोमा अहिले पनि पेट्रोलियम लोडिङ्गका लागि सय भन्दाबढी नेपाली ट्यांकरहरु लाइनमा रहेको सवारी चालहरुले बताएका छन्।

पेट्रोलियम पदार्थ लोडिङ्गका लागि शुक्रवार देखि खाली ट्यांकर भारत प्रवेश गरेका थिए । यातायात मजदुरले गरेको अनिश्चितकालीन हड्तालका कारण गत सोमबारदेखि पेट्रोलियम इन्धनको आयात ठप्प भएको थियो ।

वीरगन्ज नाकाबाट आयात सुचारु भएपछि शनिवार बेलुकी देखि इन्धन आपूर्तीमा सहजता आउने आयल निगमले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);