दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण

pul jirna

पाल्पा, ४ असोज । पाल्पा र गुल्मीको रिडि खोलामा रहेको झोलुङ्गे पुल जिर्ण बनेको छ । २०४८ सालमा पक्की पुल निर्माण भएपछि दुई जिल्ला जोड्ने झोलुङ्गे पुल प्रयोग बिहीन भएको हो ।

१८ वर्षदेखि प्रयोगविहिन बनेको रुरु क्षेत्र धाम रिडि खोलाको पुलको पेच किल्ला खुस्किएका छन् । पुलका पट्रा हराएका छन । कयौ बहुमुल्य समान चोरी भएको स्थानियको भनाई छ । पुलमा बालबालिका खेल्ने गरेका कारण दुर्घटना हुने गरेको स्थानीयबासी चुरामणी कँडेलले बताए ।

पुललाई अगामी वर्ष संचालनमा ल्याउने रुरु गाउँपालिकाका वडा नम्बर एकका अध्यक्ष रामलाल वि.कले बताए । २०१८ सालमा रुरु क्षेत्रमा ठुलो बाढी आई बजार समेत बगाएपछि तात्कालिन राजा महेन्द्रको निर्देशनमा रुरु क्षेत्रधाममा झोलुङ्गे पुल निर्माण भएको थियो ।