बाजुराको मालिका माविलाई प्रोजक्टर सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

बाजुराको मालिका माविलाई प्रोजक्टर सहयोग

projector sahayog

बाजुरा, १४ भदौ । जिल्ला कृषि विकास बैंक, बाजुराले मार्तडीमा रहेको श्री मालिका नमुना माध्यमिक विद्यालयलाई प्रोजक्टर सहयोग गरेको छ । बैंकले बुधवार आयोजित एक कार्यक्रममा मालिका नमुना माध्यमिक विधालयका प्रधानाध्यापक शुभराज प्राध्यलाई प्रोजेक्टर हस्तान्तरण गरेको हो ।

प्रोजेक्टरले विधार्थीहरको सिकाई राम्रो हुने भएकाले सहयोग गरेको जिल्ला कृषि विकास बैंक बाजुराले जनाएको छ । प्रदेश–७, अन्तरगत विकट पहाडी जिल्लाको नमुना विधालयको छवी वनाएको यस विधालयमा हाल २ हजार ५ सय भन्दा वढी विधार्थीहरु अध्ययनरत छन् ।