सिराहा, ११ भदौ । सिराहामा गएको तीन वर्षमा अपराध तथा लागु औषध सम्बन्धी ६ सय ९५ वटा उजुरी परेका छन् । महिला तथा बालवालिका सेवा केन्द्र सिराहले सोमबार आयोजना गरेको कार्यक्रममा प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७३/०७४ यता महिला हिंसाका ४ सय १२, लागु औषध प्रयोग तथा ओसारपोसार सम्वन्धी १५५ र सवारी दुर्घटनाका १ सय ४१ वटा उजुरी दर्ता भएका छन् ।
कार्यक्रममा सरोकारवालाहरुले जिल्लामा अपराधका घटना वढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुलाई यस्ता घट्ना न्यूनीकरणका लागि विद्यालय शिक्षा, सडक नाटक, रेडियो संवाद, पर्चा पम्पलेट र नयाँ कानून बारे जनचेतना फैलाउन आवश्यक भएको धारणा राखेका थिए ।




