थारु समुदायमा हरेरी पर्वको रौनकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थारु समुदायमा हरेरी पर्वको रौनकता

hareri parba

श्रवण देउवा
कैलाली, ११ भदौ
। पश्चिम नेपालमा अहिले हरेरी पुजाको रौनकता छाएको छ । विशेषगरी थारु समुहायले कुषि वारीमा कुनै रोगव्याधी नगागोस् भनेर मनाउने यो पर्वमा उनीहरु व्यस्त भएका हुन् ।

धनगढी जिल्लाका थारु समुदायलाई अहिले हरेरी पर्वको रौनकताले छाएको छ । वर्षातको कृषी सकिएपछि त्यसमा कुनै रोग, व्यवाधी नलागोस् भनेर यो पर्व व्यस्त भएका हुन् । यो पर्व मनाएपछि अन्नपातमा कुनै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ ।

थारु समुदायले परापूर्व कालदेखि मनाउँदै आएको यो पर्व पछिल्लो समयमा भने केही ओझेलमा समेत परेको छ । यसलाई सवै मिलेर संरक्षण गर्न आवश्यक भएको प्रदेश ७ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री विनिता चौधरीको भनाई छ ।

थारु समुदायको चार पूजा, धुरिया पूजा, लवाङ्गी पूजा, निकासी पूजा मध्ये हरेरी पूजा महत्वपूर्ण पुजाको रुपमा लिईन्छ । तर, पछिल्लो समयमा आफ्नो संस्कृती भुलेर पश्चिमा संस्कृतीमा रमाउन थालेको भन्दै स्थानियहरुले गुनासो समेत गदै आएका छन् । यसलाई थारु समुदायहरु मिलेर संरक्षण गर्न सके स्थानिय तहमा आर्थिक र पर्यटन पर्वद्धनमा ठुलो मद्धत पुग्ने उनीहरुको विस्वास थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);