रत्नगरस्थित गामबेसी चेपाङ संरक्षण केन्द्रमा चेपाङहरुले मनाए ‘न्वागी’ पर्व | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रत्नगरस्थित गामबेसी चेपाङ संरक्षण केन्द्रमा चेपाङहरुले मनाए ‘न्वागी’ पर्व

चितवन । चितवनको रत्ननगरस्थित गामबेसी चेपाङ संरक्षण केन्द्रमा चेपाङहरुको ‘न्वागी’ पर्व मनाइएको छ । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले मनाउने यो पर्व संस्कृति संरक्षण र सम्बर्दनको लागि आयोजना गरिएको केन्द्रले जनाएको छ । सीमान्तकृत चेपाङ समुदायले छोनाम अर्थात न्वागी खाने पर्वमा इष्टमित्र तथा छरछिमेक भेला भएर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन् । तर पछिल्लो समय भने धर्म परिवर्तन र आफ्नो रितिरिवाज बिर्सदै जाँदा यो पर्व नै लोप हुने हो कि भन्ने चिन्ता बढेको चेपाङ समुदायका अगुवाहरुको गुनासो छ । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पर्व मनाउने चलन रहेको छ । झाँक्रीले पूजा नगरि फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा रहेको छ । यस दिन चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । चेपाङ समुदायको आफ्नै भाषा, संँस्कृति, भेषभुषा रहेपनि त्यसको संरक्षण अहिले चुनौति बनेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);