एजेन्सी, ९ भदौ । पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । ग्रीनविच समय अनुसार विहान ९ बजे भुकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।