प्रदेश ५ को राजधानी र नाम टुंगो लगाउन पहल सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

प्रदेश ५ को राजधानी र नाम टुंगो लगाउन पहल सुरु

pradesh 5

विमल पुरी
रुपन्देही, २६ साउन
। अस्थायी मुकाम तोकेर प्रदेश सरकारले काम सुरु गरेको करिब ६ महिना भइसकेको छ । तर, हालसम्म दुई वटा प्रदेशबाहेक अरुले स्थायी राजधानी र प्रदेशको नाम टुंगो लगाउन सकेका छैनन् । यसैबीच प्रदेश ५ ले प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन पहल सुरु गरेको छ ।

संविधानले नेपाललाई ७ वटा प्रदेशमा विभाजन गरेको छ । सोही अनुरुप अस्थाइ मुकाम तोकेर काम सुरु गरेको पनि करिब ६ महिना भइसकेको छ । ती मध्ये प्रदेश ६ र प्रदेश ४ ले मात्र आफ्नो स्थायी राजधानी र प्रदेशको नामकरण गरेका छन् । बाँकी प्रदेश १, २, ३, ५ र ७ ले अझै आफ्नो स्थायी राजधानी र नाम जुराउन सकेका छैनन् ।

संविधानको धारा २ सय ९५ को २ मा प्रदेशको नामाकरण सम्बन्धित प्रदेशको संसदको दुईतिहाइ बहुमतले गर्ने प्रावधान छ । त्यस्तै धारा २ सय ८८ को २ मा सरकारले तोकेको अस्थायी केन्द्रलाई प्रदेशसभाको दुईतिहाइ बहुमतले परिवर्तन गर्न सक्ने व्यवस्था छ । पाँच वटा प्रदेशमा राजधानी र नामको विषयमा अझै विवाद नै छ ।

यसैबीच प्रदेश ५ ले पनि आफ्नो स्थायी राजधानी र नाम तोक्न पहल सुरु गरेको छ । प्रदेश ५ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानीको सिफारिस गर्न १५ सदस्यीय बिशेष समिति गठन गरेको छ । समितिलाई ३ महिना भित्र अध्ययन प्रतिवेदन बुझाउन समय दिइएको छ ।

तथापी प्रदेश ५ मा प्रदेशको नाम र स्थायी राजधानीबारे अलमल नै छ । प्रदेशको नाम लुम्बिनी वा बुद्धभूमि राख्नुपर्ने चर्चा भएपनि राजधानीका विषयमा बढी विवाद छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकिएको छ । तर, बुटवलसँगै दाङले पनि स्थायी राजधानीको अडान छाडेको छैन । प्रदशको स्थायी राजधानी र नामाकरणमा ढिलाइ भएको सांसदहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल भने सहमतिमै राजधानी र नाम जुराउने पक्षमा छन् । सांसदहरु आ–आफ्नो क्षेत्रमा नै स्थायी राजधानी बनाउन केन्द्रित भएपछि चुनौति देखिएको छ । तथापी प्रदेशको नाम र राजधानी तय गर्ने जिम्मेवारी प्रदेशसभाको नै हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);