भालुको आक्रमणबाट गम्भिर घाइते युवक उपचारको खोजिमा | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

भालुको आक्रमणबाट गम्भिर घाइते युवक उपचारको खोजिमा

bhalu akraman

रुकुम पूर्व, २४ साउन । रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर १ लुकुम गाउँका एक युवक भालुको आक्रमणबाट घाइते भएका छन् । गत साउन १५ गते घाँस काट्ने क्रममा १६ वर्षिय कैलाश पुनलाई भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट घाइते भएका पुनको आर्थिक अभावले उपचार हुन सकेको छैन । कैलाशका बुबा फुर्माण पुनले आर्थिक अभावका कारण उपचार हुन नसकेको बताए । कैलाशको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);